एमाले अध्यक्ष ओली र कांग्रेस सभापति देउवाबीच बालकोटमा भेटवार्ता

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच शुक्रबार ओलीनिवास बालकोटमा भेटवार्ता भएको छ । एमाले अध्यक्ष ओलीलाई भेट्न सभापति देउवा श्रीमती आरजु देउवा राणासहित बालकोट पुगेका थिए ।

भेटमा समसामयिक राजनीतिक विषयमा छलफल भएको जनाइएको छ । एमाले अध्यक्ष ओलीका प्रेस संयोजक रामशरण बजगाईँले भेटमा समसामयिक राजनीतिक विषय, देशको वर्तमान अवस्था र विभिन्न विषयमा छलफल भएको जानकारी दिए । उनले भने, ‘एमाले अध्यक्ष र कांग्रेसका सभापतिबीच नियमित भेटघाट हो, ठाउँ मात्रै फरक हो, केहीदिन अघि पनि सिंहदरबारमा प्रधानमन्त्री प्रचण्डसहित भेटवार्ता छलफल भएकै हो ।