कञ्चनपुर, भिमदत्त नगरपालिका-१२ स्थित महाकाली नदीमा डुबेर सुर्खेत बाराहाताल गाउँपालिका-७ घर भएका ४५ वर्षीय धन बहादुर गुरूङको आइतबार साँझ मृत्यु भएको छ ।
माछा मार्न क्रममा डुबेर बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय गड्डाचौकी, प्रहरी चौकी झोलुङ्गे र बिओपि गड्डाचौकी समेतबाट खटिएको संयुक्त टोलीले स्थानीय वासिन्दाको सहयोगमा खोजी गर्ने क्रममा शव फेला परेको हो ।


















