नेपाली कांग्रेसले पनि टुंग्यायो मन्त्रीहरूको नाम

नेपाली कांग्रेसले केपी शर्मा ओली नेतृत्वको सरकारमा पठाउने मन्त्रीहरूको नाम टुंगो लगाएको छ। काग्रेस स्रोतले दिएको जानकारीअनुसार प्रकाशमान सिंह, रमेश लेखक, आरजु राणा देउवा, दिपक खड्का, अजय चौरसिया र ऐनबहादुर शाहीको नाम टुंगो लागेको छ।उनीहरूको मन्त्रालय टुंगो लागिसकेको छैन। सिंह सहरी विकास, देउवा परराष्ट्र र लेखक गृहमन्त्री हुने चर्चा छ ।

यसै गरी संस्थापनइतर समूहले सांसदहरू बद्री पाण्डे, प्रदीप पौडेल, रामनाथ अधिकारी र तेजुलाल चौधरीको नाम मन्त्रीका लागि पठाइएको छ । चौधरी युवा तथा खेलकुद मन्त्री बन्ने भएका छन्।पाण्डे पर्यटन, पौडेल स्वास्थ्य र अधिकारी कृषि मन्त्री बन्नेछन् ।