नेकपा(एमाले) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ लिएसँगै मन्त्रिपरिषद् गठन गरेका छन् । प्रधानमन्त्री ओलीले शपथ ग्रहण गरेपछि २१ जना मन्त्री नियुक्तिका लागि राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गरेका थिए ।
सिफारिस अनुसार राष्ट्रपतिले मन्त्रीहरूलाई नियुक्त गरेपछि आज सोमबार नै पद तथा गोपनीयताको शपथ लिएका छन् । ओली नेतृत्वको सरकारमा कांग्रेसबाट १०, एमालेबाट आठ, जनता समाजवादी पार्टीबाट दुई र लोकतान्त्रिक समाजवादी पार्टीबाट एक गरी २१ मन्त्री समेटिएका छन् । साना पार्टीमा जसपा र लोसपाले मात्र सरकारमा स्थान पाएका छन् । प्रमुख सत्ता साझेदार कांग्रेस प्रकाशमान सिंहको नेतृत्वमा सरकारमा सहभागी भएको हो ।
यस्तो छ मन्त्रीहरुको कार्यविभाजन:
१. केपी शर्मा ओली, प्रधानमन्त्री
२. प्रकाशमान सिंह, उपप्रधान तथा सहरी विकास
३. विष्णु पौडेल, उपप्रधान तथा अर्थ
४. पृथ्वीसुब्बा गुरुङ, सञ्चार तथा सूचना मन्त्रालय
५. रमेश लेखक, गृह
६. शरतसिंह भण्डारी, श्रम तथा रोजगार
७. आरजु राणा देउवा, परराष्ट्र
८. नवलकिशोर साह सुडी, महिला बालबालिका
९. बलराम अधिकारी, भूमि व्यवस्था तथा सहकारी
१०. दामोदर भण्डारी, उद्योग वाणिज्य तथा आपूर्ति
११. देवेन्द्र दाहाल, भौतिक पूर्वाधार तथा यातायात
१२. तेजुलाल चौधरी, युवा तथा खेलकुद
१३. प्रदीप यादव, खानेपानी
१४. प्रदीप पौडेल, स्वास्थ्य
१५. अजय चौरसिया, कानुन न्याय तथा संसदीय मामिला
१६. बद्री प्रसाद पाण्डे, पर्यटन
१७. रामनाथ अधिकारी, कृषि
१८. विद्या भट्टराई, शिक्षा विज्ञान तथा प्रविधि
१९. मानवीर राई, रक्षा
२०. दीपक खड्का, जलस्रोत तथा ऊर्जा
२१. राजकुमार गुप्ता, संघीय मामिला तथा सामान्य
२२. ऐनबहादुर शाही ठकुरी, वन तथा वातावरण




















