गेलाबारीबाट ३५ किलोग्राम गाँजा बरामद

दुहबी नगरपालिका-१२ गेलाबारीबाट अवैध लागूऔषध गाँजा करिब ३५ किलोग्राम आइतबार राति प्रहरीले बरामद गरेको छ ।

प्रहरी चौकी शुक्रबारे र इलाका प्रहरी कार्यालय चिमडिबाट खटिएको प्रहरीलाई देख्नासाथ पूर्व कुशाहाबाट गेलाबारीतर्फ आउँदै गरेको प्र १-०२-०५३ प ८९६१ नम्बरको मोटरसाइकल छाडी चालक फरार भए पश्‍चात मोटरसाइकल तलासी गर्दा बोरामा रहेको उक्त परिमाणको गाँजा फेला पारी बरामद गरेको हो ।
प्रहरीले हाल फरार मोटरसाइकल चालकको खोजी गर्नुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।