नेपाल प्रेस युनियन युरोप शाखाको प्रथम अधिवेशनले सञ्जयभक्त कँडेलको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको छ । शाखाको आइतबार भर्चुअलरूपमा सम्पन्न अधिवेशनले कँडेलको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
समितिको वरिष्ठ उपाध्यक्षमा सिद्धार्थविक्रम क्षेत्री, उपाध्यक्षमा विकास लम्साल, भरत प्रधान र सविना श्रेष्ठ चयन भएका छन् । अधिवेशनले शाखाको महासचिवमा प्रवल भट्टराईलाई चयन गरेको छ भने उपमहासचिवमा प्रतीक लामिछाने चयन भएका छन् । यस्तै सचिवमा मिलन शर्मा र कोषाध्यक्षमा सुजन पराजुलीलाई सर्वसम्मत चयन गरेको छ ।
शाखाको सदस्यमा कञ्चन प्रसाईं, आशिष बस्नेत, विजय शर्मा, पुस्तक रेग्मी, रोहन बानिया, नवराज काफ्ले, हरिप्रसाद पाण्डे र चक्र गुरुङ सर्वसम्मत चयन भएका छन् । अधिवेशनले आगामी तीन वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गरेको हो ।

















