प्रधानमन्त्री ओली र अमेरिकी राजदूत थम्पसनबीच भेटवार्ता

प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि अमेरिकी राजदूत डी आर थम्पसनले भेटवार्ता गरेका छन् । बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा नेपाल र अमेरिकाबीचको ७७ वर्ष लामो जीवन्त साझेदारीको विषयमा छलफल भएको राजदूत थम्पसनले जानकारी दिए ।

उनले अमेरिका नेपाल र अमेरिकाबीचको सहयोगलाई सुदृढ बनाउन नयाँ सरकारसँग काम गर्न तत्पर रहेको बताएका छन् ।