रमेश बडाल महान्यायाधिवक्ता नियुक्त

राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौं महानगरपालिका-७ चाबहिल निवासी वरिष्ठ अधिवक्ता रमेश बडाललाई महान्यायाधिवक्ता नियुक्त गरेका छन् ।

राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा १५७ को उपधारा (२) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा बडाललाई उक्त पदमा नियुक्त गरेको हो ।