काठमाडौँ । निलम्बित मुख्यसचिव वैकुण्ठ अर्यालको अन्त:शुल्क स्टिकरसम्बन्धी भ्रष्टाचार मुद्दामा बयान सकिएको छ। विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, न्यायाधीशहरू रामबहादुर थापा र रितेन्द्र थापाको इजलासमा अर्यालको बयान लिइएको थियो । अर्यालको बयान सकिएसँगै थुनछेक बयान सुरु भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सचिव हुँदा भएको अन्त:शुल्क स्टिकर छपाइमा भएको घोटाला प्रकरणलाई लिएर अर्यालसहितका पदाधिकारीविरुद्ध अख्तियारले भ्रष्टाचारले मुद्दा दर्ता गरेको हो।


















