आजबाट देशैभर चलचित्र ‘शिरफूल” प्रर्दशनमा

काठमाडौं । कमल एक्चै मगरको निर्देशनमा बनेको फिल्म शिरफूल आजबाट देशैभर प्रर्दशनमा आएको छ । केही वर्षअघि निर्माण भएको फिल्म कोविड लगायतका कारणको वावजुत पनि आजदेखि देशैभर प्रर्दशनमा आएको हो।

विशेष गरी नारीले शिरमा लाउने, फूल आकारको सुनको गहनालाई शिरफूलको रुपमा चिनाउने गरिएको छ । नेपाली समाजमा छोरी चेलीलाई शिरको फूलको रुपमा लिने चलन भएकोले फिल्ममा छोरीलाई बिम्बको रुपमा बुझाउन खोजिएको निर्देशक मगरले बताए ।

उनका अनुसार फिल्ममा अहिलेको बढ्दो आधुनिकताको प्रभावसँगै युवा पुस्तामा देखिएको सांस्कृतिक विकृतिलाई पनि चित्रण गर्ने प्रसास गरिएको छ ।

फिल्ममा रुपा राना, राज थापा, देवराज आले मगर, विनिता थापा मगर, सुनिल रोका, नमिता तामाङ, पुजा गदाल, लिला गुरुङ, निता पुन, किरण मगर लगायतको अभिनय छ । अभिनेत्री मरिष्का पोखरेलको विशेष भूमिकामा छिन् ।

नायक देवराज आले मगरको कथा, राज थापा र राजु युगिनको पटकथा तथा संवाद रहेको फिल्ममा निरोज श्रेष्ठको छायांकन र मिलन श्रेष्ठको सम्पादन छ । आशिर्वाद पुन मगर माया छन्त्याल पुनको लगानीमा फिल्न बनेको हो । आर आर फिल्म्सले यसलाई देशभर वितरणको जिम्मा लिएको छ ।

लामो समयपछि प्रर्दशनमा आएको फिल्म हेर्न हलमा पुगेका शिरफूलका निर्देशक कलम एक्चैमगरले देश तथा विदेशमा भएका सम्पूर्ण नेपालीहरुले शिरफूल फिल्मलाई माया गरी हेरी दिन अनुरोध गरेका छन् । दर्शकहरुको माया र हौसला पाए आगामी दिनमा अझ फिल्म क्षेत्रमा आफूले सक्ने योगदान र प्रतिभा देखाउने उनले बताए । पहिलो दिनको प्रिपियर शोमा पुगेका निर्देशक एक्चैमगरले पत्रकारहरु सँग बोल्दै आफूद्धारा निर्देशित फिल्मलाई सबैले माया गरि हलसम्म पुगेर हौसला प्रेरणा र साथ सहयोग गरि दिन पनि अपिल गरे ।

त्यसैगरी शिरफूल फिल्मका लगानीकर्ता एंवम मगर क्रर्यशन र नाइस मिडिया नेटवर्कका सञ्चालक माया छन्त्याल पुनले पत्रकारहरु सँग बोल्दै शिरफूल फिल्म पहिलो प्रयास भएको र आगामी दिनमा फेरी अर्को फिल्म निर्माण गर्ने तयारीमा रहेको बताईन् । कोविड लगायतका समस्याले समयमा फिल्म चल्न नसकेको बताउँदै आफूले लगानी गरी निर्माण गरेको फिल्म सबैले हेरि दिन पनि अनुरोध गरीन् । सबैको साथ सहयोग र सुझाव सल्लाह पाए अझ आउने दिनहरुमा फिल्म क्षेत्रमा काम गर्ने हौसला बढ्ने उनको भनाई थियो।

पहिलो दिन प्रदर्शनमा आएको फिल्म शिरफूल हेर्न वरिष्ठ पत्रकार आनन्द पुन पनि हलमा पुगेका थिए । उनले पत्रकारहरु सँग बोल्दै शिरफूल फिल्म सबैले हेर्नु पर्ने बताए । नेपाली समाजको परम्परा, संस्कृति र रीतिरिवाजलाई संरक्षण र प्रर्वद्धन गर्न शिरफूल फिल्मले नयाँ पुस्तालाई सन्देश दिएको बताउँदै सबै नेपालीले शिरफूल फिल्म हेरि दिन पनि अनुरोध गरे ।