बंगलादेशका अन्तरिम सरकारका ‘मुख्य सल्लाहकार’ का रूपमा अर्थशास्त्री मुहम्मद युनुसले आज शपथ लिने भएका छन्। बंगलादेशका सेनाध्यक्ष वकार–उज–जमानले अन्तरिम सरकारका ‘मुख्य सल्लाहकार’ का रूपमा बिहीबार साँझ शपथ ग्रहण समारोह राति आठ बजे हुनेछ। बुधबार पत्रकार सम्मेलनको आयोजना गरेर उनले भोलि रातिसम्म युनिुसले शपथ लिने बताए।
उनले आजै सल्लाहकार परिषद् पनि गठन गर्नेछन् । विद्यार्थीहरुले सुरु गरेको आरक्षण विरोधी आन्दोलन थेग्न नसकेपछि शेख हसिनाले प्रधानमन्त्री पदबाट राजीनामा दिंदै देश छाडेर भारत गएपछि विद्यार्थीका प्रतिनिधिको सिफारिसमा र सेना समेतको पहलमा युनुस अन्तरिम सरकार प्रमुख बनेका हुन् ।
८४ वर्षीय युनुस शेख हसिनाका प्रतिद्वन्द्वी हुन् । उनी गरिबहरुको बैंकरका रुपमा चिनिन्छन् । गरिबीको रेखामुनि रहेकाहरुलाई ऋणबाट मुक्त गर्ने लक्ष्य सहित उनले ग्रामीण बैंक तथा लघुवित्त स्थापना गरेका थिए ।
उनी आफ्नो लक्ष्यमा सफल पनि भएका थिए । त्यसैले प्राध्यापक समेत रहेका युनुस र त्यहाँको ग्रामीण बैंकले सन् २००६ को नोबेल शान्ति पुरस्कार पाएको थियो ।



















