औरही गाउँपालिका-५ औरहीस्थित सडकमा हाल नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट सोही ठाउँ बस्ने देव चन्द्र दासको छोरा १० वर्षीय कमलेश दासको बुधबार दिउँसो मृत्यु भएको छ ।
बाटोको छेउमा खेलिरहेको अवस्थामा मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएका उनको उपचारको लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । हाल फरार मोटरसाइकल र चालकको प्रहरीले खोजी गरिरहेको छ ।


















