काठमाडौंमा जारको पानीमा ४७ रुपैयाँभन्दा बढी लिए कारबाही

काठमाडौं उपत्यकामा बिक्री हुने पानीको अधिकतम खुद्रा मूल्य (एमआरपी) समान कायम राख्न सरकारले सूचित गरेको छ । काठमाडौं उपत्यकामा जारको पानीको ४७ रुपैयाँभन्दा बढी लिन नपाइने भएको छ। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले हिजो प्रेस विज्ञप्ति जारी गरी तोकिएभन्दा बढी मोल लिएमा कारबाही गर्ने चेतावनी दिएको छ ।

विभागले २० लिटरको पानी भएको जारको बढीमा ४७ रुपैयाँ र बोतलको १६ रुपैयाँभन्दा बढी लिन नपाइने जनाएको छ ।अहिले पानी उत्पादक कम्पनीले फरकफरक मूल्य लिने गरेका छन् ।

सबै उपभोक्ताका लागि एउटै बिक्री मूल्य हुनुपर्ने जनाएको छ । विभागले तोकिएको मूल्यभन्दा बढी लिएमा वा फकरफरक मूल्य राखेर बिक्री गरेको भेटिएमा कारबाही गर्ने जनाएको छ ।