काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको स्थायी समिति बैठकमा आज पनि बस्नेछ । हिजोदेखि सुरु भएको बैठक आज पनि जारी रहने माओवादीले जनाएको छ । बैठकमा आज सदस्यहरूले वैचारिक, राजनीतिक र साङ्गठनिक परिस्थिति तथा कार्यभारका सम्बन्धमा धारणा राख्नेछन् । यसअघि हिजोको बैठकमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिक घटनाक्रमबारे छलफल भएको थियो । पार्टी मुख्यालय पेरिसडाँडामा बसेको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो समय नेपाल र मित्रराष्ट्र बङ्गलादेशमा भएका राजनीतिक घटनाक्रमको र सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विषयमा जानकारी गराएका थिए ।


















