काठमाडौँ उपत्यकामा भइरहेको वर्षाका कारण गगनसिंह दरबारको दक्षिण मोहडाको ३० फिटे पर्खाल भत्केको छ ।
गएरातिदेखि परेको अविरल वर्षाका कारण काठमाडौँ महानगर वडा नम्बर १९ ढोकाटोलस्थित तत्कालीन गगनसिंह दरबारको दक्षिण मोहडाको ३० फिटे पर्खाल भत्केको हो । सोमवार बिहान करिब ७:५५ बजे भूक्षयसँगै पर्खाल भत्केको हो ।


















