थाइल्याण्डको संसदले ३७ वर्षीया पाएतोङ्गटार्न शिनावात्रालाई प्रधानमन्त्रीमा निर्वाचित गरेको छ । उनी पूर्व थाई प्रधानमन्त्री र अरबपति थाक्शिन शिनावात्राकी छोरी हुन् ।३७ वर्षीया पाएतोङ्गटार्न थाइल्यान्डको इतिहासमा सबैभन्दा कान्छी प्रधानमन्त्री बनेकी छिन् र यो पद सम्हाल्ने उनी देशकै दोस्रो महिला पनि हुन् ।
पाएतोङ्गटार्नकी फुपु यिङ्गलुक शिनावात्रा थाइल्यान्डको पहिलो महिला प्रधानमन्त्री बनेकी थिइन् । शिनावात्रा सन् २०२३ को चुनावमा दोस्रो स्थानमा रहेकी थिइन् ।पाएतोङ्गटार्नको परिवारका चार सदस्य यसअघि नै थाइल्यान्डको प्रधानमन्त्री भइसकेका छन् ।


















