टुरिष्ट बस एशोसियशन अफ नेपाल (टिवान) अध्यक्ष कृष्ण आचार्यले आन्तरिक तथा बाह्य पर्यटकको सहजताका लागि ‘टुरिष्ट बस नेपाल’ एप्समार्फत टिकट काट्न मिल्ने व्यवस्था गरिएको जानकारी दिनुभएको छ । “आन्तरिक तथा बाह्य पर्यटक नठगी र नझुक्किन भन्ने उदेश्यले उक्त एप्स सञ्चालनमा ल्याएको पनि उहाँले बताउनुभयो । टुरिष्ट बस एशोसियशन अफ नेपाल (टिवान)को १३ औ बार्षिक साधारण सभा तथा सातौ अधिबेशन समारोहलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनु भएको हो । बिहिबार काठमाडौमा भएको समारोहलाई सम्बोधन गर्दै आचार्यले मुलुकको संघीय राजधानी काठमाडौँमा पर्यटक बोक्ने सवारी साधनका लागि छुट्टै बसपार्क नहुँदा पर्यटकीय बसले विभिन्न स्थानबाट पर्यटक बसमा चढाउनु पर्ने बाध्य भएको पनि बताउनुभयो ।
मुलुकको आर्थिक मेरुदण्डको मुख्य आधारका रुपमा रहेको पर्यटकलाई बोक्ने सवारीसाधनका लागि छुट्टै बसपार्क नहुँदा बौद्ध, सोह्रखुट्टेलगायत सडकबाट पर्यटकीय बस देशका विभिन्न भागमा आवतजावत गर्नु परेको बताए । आचार्यले काठमाडौँमा पर्यटक बोक्ने सवारी साधनका लागि छुट्टै बसपार्क हुनु पर्ने पनि बताउनुभयो । उहाँले ‘टुरिष्ट बस नेपाल’ एप्समार्फत टिकट काट्दा आफु जान चाहेको बसको टिकट, सिट नं र स्थानको सहजै टिकट लिन सक्ने पनि जानाकारी दिनुभयो ।
नेपाल एशोसियशन टुर्स एण्ड ट्राभल्स एजेन्टस् (नाट्टा) का डिल्लीराज बास्तोलाले ‘पर्यटन क्षेत्रको विकासका लागि सरकारले ठमेल आसपासको क्षेत्रमा छुट्टै बसपार्क निर्माण गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा पर्यटनबोर्डका सदस्य मदन आर्चाय ,उद्योग तथा ब्यवसायी महासंघका भागिरत सापकोटा,उपत्यका ट्राफिकप्रहरीका डिएसपि बिशाल ज्ञावाली ,अतिथिहरु भुवन पाण्डे,नबिन पौडेल,टानका टेकिङ एजेन्सी एसोसियसनका प्रतिनिधि लगायतले मनतब्य राख्नुभएको थियो । हाल काठमाडौँबाट पोखरा, चितवनको सौराहा, लुम्बिनी, जनकपुर र पोखरादेखि लुम्बिनी र सौराहामा झण्डै १०० बटा पर्यटकीय बसले सेवा प्रदान गर्दै आइरहेको पर्यटन ब्यवसायी रमेश पौडेलले जानकारी दिनुभयो । कार्यक्रममा रेन्बा ट्राभल्सका सुशील दाहाल लगायत ब्यवसायीको सहभागिता रहेको थियो ।


















