रास्वपाको साधारण सदस्यबाट समेत निलम्बनमा परेका मुकुल ढकाले पुरानै पदमा पर्नरबहाली मागगर्दै पुनरावेदन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीमा साधारण सदस्यबाट समेत निलम्बनमा परेका निवर्तमान महामन्त्री तथा पार्टी प्रवक्ता मुकुल ढकालले पुरानै पदमा बहाली होस् भन्दै पार्टीको पुनरावेदन समितिमा पुनरावेदन गरेको जानकारी दिएका हुन् ।उनले पुनरावेदन पत्रमा तथ्य र कानुनी व्यवस्था एवं सर्वोच्च अदालतबाट प्रतिपादित कानुनी सिद्धान्त समेतको आधारमा व्यक्तिगत पूर्वाग्रह राखी प्रतिशोध लिने दूषित अभिप्राय एवं उद्देश्यबाट आफूलाई कारबाही गरेको बताएका छन ।पार्टी पदको दुरुपयोग गरी पार्टी विधान एवं कानुन विपरीत केन्द्रीय समितिको बैठक बसी कारबाही गर्दा सफाइ पेस गर्ने मौका समेत प्रदान नगरेको भन्दै पार्टीको महामन्त्री, प्रवक्ता तथा केन्द्रीय समितिको सदस्यबाट पदमुक्त गर्ने गरी मिति २०८१–०३–२५ भएको को निर्णय त्रुटिपूर्ण रहेको हुँदा पार्टीको निर्णय अभिलेखबाट हटाई साबिक बमोजिम साबिककै पदीय हैसियतमा रही पार्टीमा काम गर्ने वातावरण मिलाई पाउँ‚’ उनले लेखेका छन्