काठमाडौं महानगरपालिका १४ कलंकीस्थित सडकमा बा ९५ प ७६२५ नम्बरको स्कुटर बा।प्र। ०१, ००६ ख ४८७९ नम्बरको बसमा ठक्कर खाई शनिबार बिहान दुर्घटना हुँदा स्कुटर चालक पाल्पा घर भई काठमाडौं बस्ने ४४ वर्षीय विष्णु बहादुर घर्ती मगरको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको कलकीस्थित नेपाल नेशनल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । बा ५२ प ९६८० नम्बरको मोटरसाइकलले उक्त स्कुटरलाई ठक्कर दिँदा स्कुटर उक्त बसमा ठक्कर खाई दुर्घटना भएको थियो । बस चालकलाई नियन्त्रणमा लिई हाल फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ ।
प्युठान, झिमरूक गाउँपालिका ३ लामसेरास्थित सडकमा रा १ त ५०५३ नम्बरको ट्याक्टर शुक्रबार बेलुकी दुर्घटना हुँदा ट्याक्टरमा सवार हाल वतन नखुलेका १९ वर्षीय बिरेन्द्र बोहराको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल बिजुवारमा उपचारको क्रममा मृत्यु भएको हो ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ

















