काठमाडौ । निःसहाय सेवा सदन शान्तिनगर, काठमाडौको ३२ औ बार्षीक साधारण सभाबाट सदनको नयाँ कार्य समिति चयन भएको छ । नयाँ कार्यसमितिको अध्यक्षमा ई. करुणा गोबिन्द श्रेष्ठ पुनः चयन हुनु भएको छ ।

त्यसैगरी उपाध्यक्षमा प्रमिला सिंह श्रेष्ठ, सचिवमा रत्नेश्वरी प्रधान, कोषध्यक्षमा शंकर प्रसाद गजुरेल र सह–सचिवमा निरु श्रेष्ठ पनि पुनः निर्वाचित हुन भएकोछ । समितिका अन्य सदश्यमा वीरेन्द्र भण्डारी, सानु कायस्थ, डा.बबिन पोखरेल, बसन्तकुमार श्रेष्ठ अर्जुन राना मगर, रेनुका मनंकर्मी, सरोज चापागाई, खगेन्द्र उप्रती, उमेश तिमिल्सिना र गंगा गिरी चयन हुन भएको छ ।

बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमलाई समबोधन गर्दै प्रमुख अतिथि लामिछाले निःसहाय सेवा सदन शान्ति नगरलाई बिगतमा पनि सक्दो सहयोग गर्दै आएको र आगामी दिनमा पनि सहयोग जारी रहने बताउनु भयो ।

सो कार्यक्रममा बागमती प्रदेशका पूर्व सांसद गणेश दुलाल, पाँचखाल नगरपालिकका मेयर महेश खरेल, काठमाडौं महानगरपालिकका वडा नं. ३१ वडा अध्यक्ष सरोज ढकाल बह्मकुमारी राजयोग तिनकुने केन्द्रका सञ्चालक सतिदिदी बिशेष अतिथि रहनु भएको थियो ।
कार्यक्रम सेवा सदनका अध्यक्षमा ई. करुणा गोबिन्द श्रेष्ठको सभापतित्वमा भएको थियो । कार्यक्रममा अध्यक्ष ई.श्रेष्ठले हामी पनि वृद्ध हुन्छौ भन्ने सोचेर सबैले निःसहाय सेवा सदनलाई सहयोग गर्नु पर्ने बताउनु भयो ।

कार्यक्रममा स्वागत मन्तब्य राख्दै उपाध्यक्ष प्रमिला सिंह श्रेष्ठ बिगत ३२ बर्ष अघि सुगन शाहले संस्था सुरु गर्नु भएको र संस्था सुरु गर्नु अगाडि सगुन शाहले बालबालिका र महिलाको क्षेत्रमा काम गर्दै आउनु भएको बताउनु भयो । पछि सुगन शाहलाई वृद्धवृद्धाको क्षेत्रमा पनि काम गर्नु पर्दछ भन्ने लागेर संस्था सुरु गर्नु भएको समेत बताउनु भयो । त्यसबेला सन्त नेताकृष्णप्रसाद भट्टराईले शिलान्यास गरेर यो संस्थाको सुरुवात गरिएको श्रेष्ठले बताउनु भयो ।स्थापनाका बेला उदारमनदाता उदयलाल श्रेष्ठले रु दशलाख प्रदान गरेर संस्था स्थापन गर्न सहयोग गर्नु भएको थियो ।

स्थापनाकालदेखि अहिलेसम्म ३ सय ५५ जना असाहय वृद्धवृद्धाहरुलाई सेवा दिई सकेका बताउर्दैं सदनको क्षमता पहिला ४० जनाको भए पनि अहिले ५० जना सेवा दिएको र बसाई तथा खानपान अत्यन्त राम्रो रहेको बताउनु भयो । त्यसैगरी वृद्धवृद्धाहरुकोलागि स्वास्थ्य उपचारमा पनि प्रयाप्त ध्यान दिएका र हाइकियर सेन्टर पनि चलाउन खोरिरहेका बताउनु भयो ।त्यसकालागि कार्यसमिति सदश्य डा.बबिन पोखरेलले आफ्ना बुबा एवं संस्थापक सचिब बाबुराम पोखरेलको स्मृतीमा सहयोग गर्न लागेको जानाकारी दिनु भयो ।

डाक्टर, नर्सहरु पनि भएको र आवश्यकता अनुरुप जाँच गरिरहेको बताउनु भयो । कार्यक्रममा सचिवमा रत्नेश्वरी प्रधानले प्रगति प्रतिबेदन र कोषध्यक्षमा शंकर प्रसाद गजुरेल आर्थिक प्रतिबेदन पेश गर्नु भएको थियो । निःसहाय सेवा सदनका प्रशासकीय अधिकृत प्रेम प्रसाद उप्रेतीले कार्यक्रम संचालन गर्नु भएको थियो । सहप्रशासकिय अधिकृत योगेश अधिकारीले सो जानाकारी दिनु भयो । ।


photos by Basanta Shrestha


















