काठमाडौं । बराह ग्रुपअफ कम्पनीका तर्फबाट सो ग्रुपका अध्यक्ष शिव कुमार विश्वकर्मा (लामिछाने) र प्रमुख कार्यकारी अधिकृत गुणराज निरौलाले एक विज्ञप्ती जारी गर्दै बराह ग्रुपले सञ्चालन गर्दै आएको सहकारी डुब्न नदिने बताएका छन् ।
ग्रुपका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतद्धारा जारी विज्ञप्तीमा भनिएको छः अहिले समग्र सहकारी क्षेत्रमा देखिएको समस्याको झिल्कोले बराह ग्रुपद्वारा सञ्चालित सहकारीलाई समेत छोएपनि त्यसलाई बढ्न दिइने छैन । विज्ञप्तीमा सहकारीमा राखिएको पैसा र लगानीको जिम्मेवारी बराह ग्रुपअफ कम्पनीमा रहेकोले उक्त जिम्मेवारी पुरा गर्ने प्रतिबद्धता जनाउदै हर हिसाब मिलानमा नयाँ तरिका अपनाउन परेकोले केही समय धैर्य गर्न सहयात्री तथा लगानीकर्ता र बचतकर्तालाई आग्रह गरेका छन् ।
ग्रुपले गर्न चाहेका व्यापार व्यवसाय बारे जानकारी रहेको बताउदै बराह ग्रुपअफ कम्पनीले ड्रिम ल्याण्ड रियम स्टेट प्रालि सँग सहयात्रा गरी निरन्तर सम्पर्कमा रहेको पनि जनाएका छन् । समस्या समाधान गर्न कानुन व्यवसायीहरु सँग सरसल्लाह भइरहेको जनाउदै आर्थिक सन्तुलन तत्काल हुने गरी केही प्याकेजहरु बनाएको र आगामी असोज महिनाको पहिलो सातासम्मको त्यसको विस्तृत विवरण सदस्यहरु माँझ ल्याउने विज्ञप्तीमा जनाइएको छ ।
सदस्यहरुले गरेको विश्वास र धैर्यताले आफूहरुको काम गर्ने शक्ति बढेको बताउदै आगामी दिनहरुमा पनि सबैको सहयोगबाट ग्रुपलाई सफल बनाई लगानीको प्रतिफल सन्तुष्ट हुने गरी दिने गरी प्रतिबद्धता जनाइएको छ । राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा परिचित बराह ग्रुपअफ कम्पनीलाई विगतकै जसरी सफलता पूर्वक सञ्चालन गरिने प्रतिबद्धता पनि जनाइएको छ ।


















