काठमाडौँ । धादिङको गल्छी गाउँपालिका वडा नम्बर–४ स्थित चिरौदीमा पहिरोले कार पुरेको छ । कारमा सवार चालकसहित चार जनाको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
पृथ्वी राजमार्ग अन्तर्गत चिरौदिमा ग.२च ७८८५ नम्बरको कार सुख्खा पहिरो खसेर पुरिएको हो । कारमा सवार काठमाडौँका चन्द्रागिरि बस्दै आएका धर्म महर्जन, जयकृष्ण श्रेष्ठ र ५८ वर्षीय करण प्रकाश शाहीको बैरेनी अस्पतालमा उपचार हुँदै छ । कार चालको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।


















