देभफिनिटी एलएलसीका कर्मचारीहरुले गरे बिपद्मा परेका पिडितहरुलाई सहयोग

काठमाडौं । केही हप्ता अगाडि बाढी पहिरोको विपद्मा परेका पीडितहरुलाई राहात दिनकोलागि देभफिनिटी एलएलसीका कर्मचारीहरुले पहलकमदी चालेका छन्।

विपद्मा परेका पिडितहरुले राज्यदेखि र सहयोगीमनहरुबाट राहात होस् भन्ने उद्देश्यले देभफिनिटी एलएलसीका कर्मचारीहरुले पहल गरेका हुन्

उक्त संस्थाका कर्मचारी खिमा काउचाले विपद्मा परेका पिडितहरुलाई सहजरुपमा राहात पाउन भन्नकोलागि संयोजकको भूमिका खेलेकीछिन् । उनकै पहलमा विपद् पिडितहरुलाई ५५ वटा कम्बल, १३ वटा नुडलको बक्स वितरण गरिएको छ । साथै पीडितको जीवनयापन सहज होस् भनेर आर्थिक संकलन पनि गरिएको काउचा बताउँछिन् । उनका अनुसार ३८ हजार भन्दा बढी रकम जम्मा भएको जानकारी दिइन् ।


एक पीडितको खुट्टामा चोट लागेकामा उनीहरुलाई ३ हजार नगद प्रदान समेत गरिएको छ ।

साथै, हप फर चिल्ड्रेन संगठनलाई पाँच हजार सहयोग गरिएको छ । जसले बालबालिकाहरूको कल्याणमा समर्पित कार्य गर्दै आएको खिमा काउचाले बताईन । देभफिनिटी एलएलसीका स्टाफ गरी ६३ जना सहयोगी मनहरुले बाढी पहिरोमा परेका पिडितहरुलाई सहयोग गरेका छन् । दुःखमा परेका जनताहरुलाई सबैले सक्दो सहयोग गर्नु पर्ने देभफिटी एलएलसीका कर्मचारीहरुको आवाज रहेको छ ।