बाँके। फूलपातीको शुभअवसर पारी यस पटकपनि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले बाँके नेपालगञ्जस्थित हिन्दु धर्मावलम्बीहरुको प्रमुख शक्तिपिठ वागेश्वरी मन्दिरमा आज फुलपाती भित्र्याईएको छ ।

प्रत्येक वर्ष बागेश्वरी मन्दिरमा यसरी नै सेना, प्रहरी, सशस्त्रप्रहरी द्धारा फूलपाती भित्रयाइ पुजाआजा गर्ने चलन तथा परम्परा रहेको छ ।




उनीहरुले आज बिहानै वागेश्वरीमा फूलपाती चढाएर पुजापाठ गरेका थिए । आजकै दिन हिन्दु धर्मालम्वीहरुले घर घरबाट फुलपाती ल्याएर वागेश्वरी मन्दिरमा चढाउने र मन्दिरबाट फूल टिका लिएर आ आफ्नो घरमा भित्रयउने चलन रही आएको छ जनविश्वास छ । आजकै दिन उक्त मन्दीरमा बाँके, बर्दिया, दाङ, सुर्खेत, दैलेख लगायत छिमेकी देश भारतबाट पनि भक्तजनहरु आएर पुजाआजा गर्ने चलन रहेको छ । photo fb
























