भारतका प्रशिद्ध उद्योगपति रतन टाटाको बुधबार निधन

भारतका सुप्रशिद्ध उद्योगपति रतन टाटाको बुधबार राति निधन भएको छ। उनको गएराति मुम्बईस्थित एक अस्पतालमा निधन भएको टाटा सन्सका अध्यक्ष एन.चन्द्रशेखरनले विज्ञप्तिमार्फत् बताएका हुन्।

उनी लामो समयदेखि अल्जाइमर्सको समस्या बेहोर्दै आएका थिए। २८ डिसेम्बर १९३७ मा जन्मिएका टाटाको ८६ वर्षको उमेरमा निधन भएको हो।

भारतीय राष्ट्रपति द्रौपदी मुर्मु, प्रधानमन्त्री नरेन्द्र मोदी लगायतले उनको निधनमा शोक व्यक्त गरेका छन्।

दिवंगत टाटालाई भारत सरकारले पद्म विभूषणबाट सम्मानित गरेको थियो।