राष्ट्रपतिद्वारा ९ कन्याको सामुहिक पूजा

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम महिला सविता पौडेलसहित शारदीय दुर्गा पूजाका अवसरमा ९ जना कन्याको विधिपूर्वक पूजा गरेका छन् ।

राष्ट्रपति भवन शीतल निवासमा कन्याहरूको पूजा गरेका हुन् ।

नवरात्रमा दुर्गादेवीका ९ रूप शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्ड, स्कन्दमाता, कात्यायनी, कालरात्रि महागौरी र सिद्धिदात्रीको पूजार्चनासँगै ती देवीका प्रतीक मानेर राष्ट्रपति दम्पतीले ९ कन्याको पूजा गरे ।