करिब २५ किलोग्राम गाँजा बरामद

पचरौता नगरपालिका-३ रामनगरस्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब २५ किलोग्राम मंगलबार राति प्रहरीले बरामद गरेको छ । इलाका प्रहरी कार्यालय सिम्रौनगढबाट खटिएको प्रहरीलाई देख्नासाथ बा.प्र-०२-०३१ प ८५६९ नम्बरको मोटरसाइकल चालकले मोटरसाइकल छोडी फरार भएपश्‍चात मोटरसाइकल तलासी गर्दा उक्त गाँजा फेला पारी बरामद गरेको हो ।

प्रहरीले हाल फरार मोटरसाइकल चालकको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।