माघ ९, २०८० काठमाडौँ ।
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले पार्किङ हटाएपछि न्युरोड क्षेत्रका व्यवसायी आन्दोलनमा उत्रिएका छन । महानगरपालिकाले मनपरितरिकाले पार्किङ हटाउने निर्णय गरेको भन्दै व्यवसायी आन्दोलनमा उत्रिएका हुन ।
न्युरोडको पार्किङ पुरानो बसपार्कमा कायम गर्ने निर्णयले व्यापारमा मन्दी आएकोे व्यवसायीहरुको गुनासमे छ । न्युरोड क्षेत्रमा पार्किङ गर्न नदिने महानगरपालिकाको निर्णयले व्यावसायमा असर पर्ने भन्दै उनीहरुले सटर बन्द गरेका हुन् । व्यवयासीहरुले सटर–पसल बन्द गरेर सडकमा उत्रिएका छन् ।
यसअघि दरबारमार्ग क्षेत्रमा पनि पार्किङ रोकिए पछि सो क्षेत्रका व्यवसायीहरुले महानगरविरुद्ध प्रदर्शन गरेका थिए । न्युरोड क्षेत्रको कालोपत्रे सडकमा पार्किङ गर्न निषेध गरेसँगै महानगरपालिकाले मंगलबार बिहानैदेखि कडाइ गर्न थालेको छ । जसअनुसार मंगलबार बिहान विहान वीर अस्पताल अगाडिको सडक खण्डमा पार्किङ गरिएका मोटरसाइकलहरु नगर प्रहरीको सवारी साधनको प्रयोग गरेर उठाइएको महानगरपालिकाले जनाएको छ ।
नयाँ सडक जानु पर्ने सवारी धनीलाई काठमाडौँ टावर (साविक पुरानो बसपार्क) मा नि:शुल्क पार्किङको सुविधा उपलब्ध गराइएको महानगरपालिकाले जनाएको छ ।
पार्किङ निषेध गरिएको न्युरोड क्षेत्रमा आज विहानैदेखि विशेष सरसफाइ गरिएको छ । महानगर प्रहरी बल र वातावरण व्यवस्थापन विभागबाट साधन, उपकरण तथा जनशक्ति परिचालन गरेर सरसफाइ गरिएको हो ।





















