जापानको व्यापार घाटा सन् २०२३ मा आधाभन्दा बढीले घटेर अघिल्लो वर्षको तुलनामा ९।२९ ट्रिलियन येन अर्थात् करिब ६३ अर्ब अमेरिकी डलर मा झरेको सरकारी तथ्याङ्कले देखाएको छ । कूल निर्यात २।८ प्रतिशतले वृद्धि भई पहिलो पटक १००।८९ ट्रिलियन येनभन्दा बढी पुगेको छ । निर्यात वृद्धि सन् १९७९ देखि रेकर्ड राख्न थालिएपछिकोे सबैभन्दा उच्च स्तर हो । कार वा चार पाङ्ग्रे अल्का साधनको निर्यात ३२।७ प्रतिशतले बढेको छ भने निर्माण तथा खानी मेसिनरीको निर्यात १६।२ प्रतिशतले बढेको छ । यसैबीच, तेल र ग्यासको मूल्यमा आएको कमीका कारण आयात ७।० प्रतिशतले घटेर ११०।१८ ट्रिलियन येनमा झरेको छ । बढ्दो आयात लागत र कमजोर येनको मारमा परेको जापानलाई बलियो निर्यात वृद्धिले आफ्नो व्यापार घाटा कम गर्न मद्दत गरेको छ । लगातार तेस्रो वर्षसम्म व्यापार घाटा भएको क्योदो न्यूजले जनाएको छ । डिसेम्बरमा मात्रै निर्यात अघिल्लो वर्षको तुलनामा ९।८ प्रतिशतले बढेको छ भने आयात ६।८ प्रतिशतले घटेको छ । यसको कारण मासिक व्यापार अधिशेष ६२।१ अर्ब येन पुगेको छ ।




















