साउदीका तेल संयन्त्र र विमानस्थलमा आक्रमण गरेको हुथीको दाबी

मध्यपूर्वमा तनाव बढिरहेका बेला यमनका इरान–समर्थित हुथी विद्रोहीले साउदी अरेबियाका तेल पम्पिङ स्टेसन र रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा आक्रमण गरेको दाबी गरेका छन्। सोमबार जारी वक्तव्यमा हुथी समूहले तेल संरचनामा ड्रोन र विमानस्थलमा बलिस्टिक मिसाइल प्रहार गरेको जनाएको छ।

यसैबीच, साउदी नेतृत्वको सैन्य गठबन्धनले सानामा हुथीका दुई मिसाइल लन्चर नष्ट गरेको र रियादतर्फ प्रहार गरिएको एक मिसाइल निष्प्रभावी पारेको दाबी गरेको छ । यद्यपि, पछिल्लो आक्रमणबारे साउदी सरकारले आधिकारिक पुष्टि गरेको छैन।