skip this वडा नं १६ बालाजु च:मती

प्रम दाहालको उपलब्धि स् महिनौ बिदेश भ्रमण, देशले के पायो

२०७९ फागुनमा पाँच दिन दोहा भ्रमण गरे ।
२०८० जेठमा चार दिन भारत भम्रण गरे ।
२०८० साउनमा तीन दिन ईटाली भ्रमण गरे ।
२०८० भदौमा पाँच दिन अमेरिका भ्रमणमा गरे ।
२०८० असोजमा सात दिन चीनको भ्रमण गरे
२०८० मंसिरमा यूएईको भ्रमण गरे ।
अब प्रधानमन्त्री दाहाल स्विट्जरल्यान्ड जाने आन्तरिक तयारीमा

यि भ्रमणबाट देशले के पायो रु
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड तेस्रो पटक प्रधानमन्त्री भएपछि बिदेश भ्रमणमा अनाबश्यक खर्च नगर्न निर्देशन दिएका थिए । तर यो एक बर्षको अवधिमा स्वयंम प्रचण्डनै चाहिने भन्दा बढी बिदेश धुमेका छन । प्रमको बिदेश धुमाईले देशलाइृ आर्थिक भार त परेको छनै सरकार संचालनका नियमित कामका समेत असर परेको छ । प्रचण्ड तेस्रो पटक प्रधानमन्त्री भएपछि सबै भन्दा पहिला २०७९ फागुन २१ देखि २५ गतेसम्म कतारको राजधानी दोहामा भएको अल्पविकसित राष्ट्रहरूको सम्मेलनमा सहभागिता हुन दोहा गय । यो तेस्रो कार्यकालको पहिलो विदेश भ्रमण थियो । जहाँ अल्पविकसित राष्ट्रका प्रमुख वा सरकार प्रम्ख सहभागि भएका थिए । उक्त सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड फागुन २०७९ को १९ फागुनमा दोहा गएका थिए । नेपालमा राष्ट्रपतिको निर्वाचनका कारण फागुन २२ गते उनी स्वदेश फर्किएका थिए । यो बेला पाँच दिन बिदेश धुमे । त्यस पछि उनी २०८० जेठ १७ देखि २० गते सम्म भारत भम्रण गरे । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको यो तेस्रो कार्यकालको दोस्रो बिदेश भम्रण थियो । त्यसबेला प्रधानमन्त्री प्रचण्डको चार दिने भ्रमणका क्रममा भारतीय राष्ट्रपति द्रौपदी मुर्मु र उपराष्ट्रपति जगदीप धनखरसँग शिष्ट्राचार भेट गरेका थिए । उक्त भ्रमण टोलीमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत, परराष्ट्रमन्त्री एनपी साउद, अर्थमन्त्री डा। प्रकाशशरण महत, उद्योगमन्त्री रमेश रिजाल थिए। त्यस्तै मुख्यसचिव शंकरदास वैरागीसहित ८ सचिव पनि भ्रमण टोलीमा थिए।। १७ गते भारत गएका उनले भ्रमणको दोस्रो दिन १८ जेठमा भारतीय समकक्षी नरेन्द्र मोदीसंग हैदरावाद हाउसमा प्रतिनिधिमण्डलस्तरीय वार्ता गरेका थिए । नेपाल उद्योग वाणिज्य महासंघ ९एफएनसीसीआई० र भारतीय उद्योग परिसंघ ९सीआईआई० ले संयुक्त रुपमा आयोजना गरेको नेपाल–भारत व्यापार शिखर सम्मेलनलाई प्रधानमन्त्रीले सम्बोधन गर्नुका साथै दुवै देशका व्यापारीसँग अन्तरक्रिया गरेका थिए । प्रधानमन्त्रीले भ्रमणको तेस्रो दिन १९ जेठमा भारतको मध्य प्रदेशको उज्जैन र इन्दोरको पनि भ्रमण गरेका थिए । त्यो बेला प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भाम्रण सवभन्दा वढी उपहासको बिषय ‘मुर्रा’ नश्लको राँगो बनेको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड तेस्रो पटक प्रधानमन्त्री भएपछि तेस्रो भ्रमण २०८० साउनमा इटालीको गरे । उनले साउन ८ देखि १० गतेसम्म ईटालीमा भएको संयुक्त राष्ट्रसंघीय खाद्य प्रणाली शिखर सम्मेलनमा भाग लिन दाहाल परिवारका अन्य सदस्यलाई लिएर इटाली अगेका थिए । खासमा जानै नपर्ने भ्रमणमा परिवारमा सदश्य लिएर गएको भन्दै भ्रमणको आलोचना पनि भएको थियो।
आलोचना भएपनि उनको बिदेश भ्रमणको कार्यक्रममा कमि आएन बरु बढ्यो । प्रधानमन्त्री प्रचण्डले त्यस पछि २०८० भदौ ३१ गतेदेखि असोज ४ गतेसम्म संयुक्त राष्ट्रसङ्घको ७८ औँ महासभामा भाग लिन अमेरिका भ्रमणमा गरे । संयुक्त राष्ट्रसङ्घको महासभामा प्रधानमन्त्री प्रचण्डको नेतृत्वको प्रतिनिधि मण्डलमा परराष्ट्रमन्त्री एनपी साउद, प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार, राष्ट्रिय सुरक्षा सल्लाहकार, मुख्य सचिव, परराष्ट्र सचिव, नेपाल सरकारका उच्चपदस्थ पदाधिकारीहरूसहित अमेरिकाका लागि नेपाली राजदूत, संयुक्त राष्ट्रसंघका लागि नेपाली स्थायी प्रतिनिधि, महावाणिज्य दूतावासका पदाधिकारी लगायत नेपालबाट मिडिया प्रतिनिधिहरू समेतसहभागी थिए । प्रधानमन्त्रीले असोज ४ गते महासभालाई सम्बोधन गरेका थिए । अमेरिका भ्रमणका क्रममा त्यहाँका राष्ट्रपति जो वाइडेनले गर्ने रात्रीभोजमा पनि प्रधानमन्त्री प्रचण्ड सहभागी भएका थिए त्यही उनले छुस्स वाइडेन संग भेटेर फोटो पनि खिचाए । त्यसपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ओरिकाबाटै छिमेकी मुलुक चीनको ८ दिने भ्रमणमा गएका थिए । प्रधानमन्त्री प्रचण्डले असोज ६ देखि १३ गतेसम्म चीनको भ्रमण गरेका थिए । चिनियाँ प्रधानमन्त्री ली छ्याङको निमन्त्रणमा प्रधानमन्त्री प्रचण्ड नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिकाबाट चीन प्रस्थान गरेका थिए । प्रधानमन्त्रीको भ्रमण टोलीमा प्रचण्डपुत्री गंगा दाहाल, परराष्ट्रमन्त्री नारायण प्रकाश साउद, खानेपानी मन्त्री महिद्र राय यादव, भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला, राष्ट्रिय सुरक्षा सल्लाहकार शङ्करदास बैरागी, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठ तथा अन्य वरिष्ठ सरकारी अधिकारी र व्यापारी समुदायका प्रतिनिधिहरु थिए । भ्रमणका क्रममा प्रधानमन्त्रीले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग हाङ्झाउमा र प्रधानमन्त्री लीसँग द्विपक्षीय भेटवार्ता पनि गरेका थिए । यस्तै प्रधानमन्त्री सेप्टेम्बर २३ मा हाङ्जाओमा हुने १९औँ एसियाली खेलकुदको उद्घाटन समारोहमा सहभागी भएका थिए ।
न्यूयोर्कमा संयुक्त राष्ट्रसङ्घीय महासभा र चीनको औपचारिक भ्रमणका लागि एकै पटक लामो समयकालागि देशबाहिर बसेपछि त्यसबेला प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकोनिकै आलोचना समेत भयो । तर उनले लाज पचाएरै घुमे । आनन्दले घुमेर पन्ध्रौँ दिनमा नेपाल फर्किएका थिए । त्यसबेला देशभित्र धेरै कामहरू छाडेर बिदेशमा पर्यटक जस्तै धुमेको भनि आलोचा भएपनि वास्ता गरेनन । संयुक्त राष्ट्रसङ्घको भ्रमणमा सरकारका अन्य प्रतिनिधि पठाउने विकल्प तथा विगतका अभ्यास भए तापनि प्रचण्ले उक्त विकल्प रोजेनन आफै घुमे ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड तेस्रो पटक प्रधानमन्त्री भएपछि चाथौ भ्रमण २०८० मंसिरमा यूएईको गरे । जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन कोप–२८ मा सहभागी हुन उनी यूएई गएका थिए। प्रधानमन्त्रीसँगै वन तथा वातावरणमन्त्री डा। वीरेन्द्रप्रसाद महतो, शहरी विकासमन्त्री सीता गुरुङ, स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत, ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत उनी संगै गएका थिए। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड तेस्रो पटक प्रधानमन्त्री भएपछि पाचौ भ्रमण माघमा युगान्डाको गरे दाहाल असंलग्न आन्दोलन ९नाम० को १९औं शिखर बैठकमा भाग लिन माघ ४ गते युगान्डाको राजधानी कम्पाला गई ७ गते स्वदेश फर्किए ्। प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री एन पी साउद, परराष्ट्रसचिव सेवा लम्साल, परराष्ट्रका प्रवक्ता अमृत राई, गंगा दाहाललगायत थिए । यसरी हेर्दा छोटो अवधिमा सबैभन्दा बढी समय विदेश जानेमा प्रचण्ड नै अग्रस्थानमा पर्छन्। अब प्रधानमन्त्री दाहाल स्विट्जरल्यान्ड जाने आन्तरिक तयारीमा छन्।
प्रधानमन्त्री टोलीमा दर्जनौ सदश्य हुन्छन उनीहरूले प्रतिदिन २ सय ५० अमेरिकी डलर भत्ता पाउँछन्। युरोप, अमेरिका, क्यानडा, कोरिया, जापानलगायतका देशको भ्रमण गर्दा ३३ प्रतिशत थप भत्ता पाउँछन्। सचिवहरूले २ सय २५ र सहसचिवहरूले १ सय ७५ अमेरिकी डलर भ्रमण भत्ता पाउँछन्। एका तर्फ आर्थिक भार अर्को तर्फ सरकारी काममा बाधा के यही हो प्रचण्डको सुशासनरु यो सिधै देशको राजस्वमाथि लुट होईन र रु हो बिदेश सम्बन्ध राम्रो बनाउन बिदेश भ्रमण जाने र अन्तराष्ट्रिय मञ्चहरुमा सहभागि बन्नु पर्दछ । तर जम्बो टोली जाने ,चाहिने भन्दा बढि दिन बस्ने राष्ट्रलाई हित हुने केही काम नगरी फर्कने गरेपछि यसलाई राज्यको ढुकुटीमा पर्यटकिय भ्रमण नभने र के भन्ने रु आफुले गलत काम गर्ने अनी गलत कामको बिरोध गर्दा संबिधानमाथि खतरामा पर्यो भन्ने रु यो भन्दा फटाई के हुन सक्छ ।