skip this वडा नं १६ बालाजु च:मती

आँधी अघिको सन्नाटाःपरिवर्तनको संकेत हो ?

हाल देशमा देखिएको चरम भ्रष्ट्राचार र नागरिक असन्तुष्टि सामाजिक संञ्जालदेखि संकटसम्म छताछुल्ल छ । संसदिय व्यवस्थाको मुटु भनिने संसद राजनैतिक दल र तिनका नेताको बन्धक बनेको छ । देशभित्रै रोजगारीको अवसर नपाएर विदेशिने युवाको लस्कर अन्तर्राष्ट्रिय विमानस्थल र भारतसंगको सिमा क्षेत्रमा देखिन्छ । एकातिर दलहरु गणतन्त्र खतरामा छ । भन्दै भाषण गर्दै हिडिँरहेका छन् । भने अर्कोतर्फ विस्थापित राजतन्त्रको पुर्नस्थापनाको पक्षमा सामाजिक सञ्जाल,चोक,गल्ली, चिया पसल र सार्वजनिक स्थलमा चर्चा परिचर्चा चल्ने गरेको छ ।
केही समय अघि राजा ज्ञानेन्द्रको पूर्व पश्चिम मध्य र सुदुरपश्चिम भ्रमणका क्रमण उमडिएको जनसहभागिता विभिन्न स्थानमा भएका नागरिक अभिनन्दन र राजा ज्ञानेन्द्रको पछिल्लो दुई वक्तव्य र वतव्यको अन्तर्यमा लुकेको सन्देशले भविष्यमा हुने सहभावित परिवर्तनको संकेत गरिरहेको छ ।
चर्चित भ्रष्टाचारका काण्ड अहिले सामसुम भएका छन् । राजनैतिक लेनदेनका बिचमा चर्चित भ्रष्टाचारमा मोलमोलाई भएको र जनतालाई पुनः वेबकुफ बनाइएको चर्चा जनमानसमा व्याप्त छ जसको अभिव्यक्ति सामाजिक सन्जालमा देखिएको छ । जनता कति निराश र आक्रोसित रहेछन भन्ने उदाहरण त दुर्गा प्रसाई जस्तो गैर राजनैतिक व्यक्तले अर्थतन्त्रको सामान्य मुद्धा उठानगर्दा पनि उर्लिएको भिडेल आफै प्रमाणित गर्दछ । राजनैतिक दल जनताको चरम निराशा सम्बोधन गर्न तर्फ एक रत्तिभर पनि तयार छैनन उल्टो यो निराशा व्यवस्था बिरोधी तत्वले सृजना गरेको भनि भ्रमछन् लागिरहेका छन् ।
गएका केही हप्तामा देशको सर्वोच्च जिम्मेवारीमा रहेका संस्थाका प्रमुखबाट अभिव्यक्त बिचारले पनि गणतन्त्रको जरो उल्लएको र कुनैपनि बेला परिवर्तनको पुर्वसम्भावना इकिन गर्दछ । केही समय पहिले नेकपा एमालेद्धारा आयोजित पूर्व पश्चिम यात्रा र यात्राको समापनको अवसरमा एमाले अध्यक्ष केपी ओलीद्धारा अभिव्यक्त बिचारले राजाको लोकप्रियता बढेको र दलहरुप्रति जनता निराश बनेका र निराश जनतालाई संमृद्धि र गणतन्त्रको चकलेट बाँडदा त्यो सुत्रले काम नगरको कुण्ठा उनको भाषणमा देखिन्थ्यो । त्यस पछि उनि निरन्तर राजा ज्ञानेन्द्र र राजतन्त्रको कटु आलोचकको रुपमा देखा परेका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल र देशभित्र उठेको जुनसुकै आवाजमा पनि गणतन्त्र बिरोधी शक्ति देख्नु हुन्छ । बालकुमारी घट्नामा प्रहरीद्धारा गोली चलाईको र निर्दोष दुई युवाले अनाहकमा ज्यान गुमाउँदा पनि उनले षडयन्त्र देखे र गणतन्त्त खतरामा रहेको संकेत गरे । छोरी गंगा दाहालको भ्रष्टाचारमा संलग्नताको प्रश्न उठ्दा उनले संसदमै गणतन्त्त माथिको प्रहार भन्न छुटाएनन् । नेकपा एसका अध्यक्ष माधव नेपाल राजतन्त्रको सत्तो सराप गर्दै हिडिँरहेका छन् । सबैभन्दा धेरै विदेश भ्रमणमा हिडिरहने नेपाल देशमा आउने वित्तिक्कै गणतन्त्रमाथि खतरा देख्छन तर विदेश जाँदा अन्तर्राष्ट्रिय विमानस्थलमा युवाको लर्को पनि देख्नदैनन अनि समस्या सम्बोधनमा चासो पनि राख्दैनन ।
हाम्रा राजनैतिक दल र तिनका नेताले आजसम्म ३० वर्ष पञ्चायतलाई गाली गरेर आफ्नो रोटी रोकाए अर्को २० वर्ष राजालाइए गाली गरेर आफ्.नो सत्ता जोगाए । अहिले नेपालमा न राजतन्त्र छ न दलको बिरोध गर्ने कुनै संगठित बलियो शक्तिनै छ । यस्तो समयमा यिनले जे चाह्यो त्यही हुन सक्दथ्यो तर यिनले सिन्को पनि भाँचेनन । दल, दलाल ठुटे नेताको भरणपोषण भ्रष्टाचार व्यक्तिचार मा मात्र संलग्न रहे जसले जनतामा चरम निराशा छायो । अब आफू माथि संकट मण्डाराएको संकेत पाएपछि श्रीलंकाको घटनाको पुनर्दोय नहोस भन्नका लाग गणतन्त्त माथिको खतरा देख्न थाले ।
एकातिर अन्तर्राष्ट्रिय राजनीतिमा परिवर्तन देखिएको छ । अन्तर्राष्ट्रिय राजनीतिमा परिवर्तन हुने वितिक्कै त्यसको बाछिटा नेपालमा सधै पर्ने गरेको उदाहरण २००७,२०१७,२०४६ र २०६३ मा देख्न सकिन्छ । अहिले पुनः अन्तर्राष्ट्रिय शक्ति सन्तुलनमा आएको बदलाव र त्यसले पार्ने प्रभाव अनि देशभित्र देखिएको दलप्रतिको चरम वितृष्णा र राजा ज्ञानेन्द्रंको लोकप्रियताले कतै भविष्यमा हुन गईरहेको राजनैतिक परिवर्तनको संकेत त गरिहेको छैन ?
भनिन्छ आँधि आउनु पूर्व सन्नाटा छाउने गर्छ । अहिले यत्रो अस्तव्यस्तताको बिचमा पनि सन्नाटा छ । गणतन्त्तवादी गणतन्त्त जोगाउने अन्तिम कसरतमा लागेको आभाष हुन्छ भने राजावादीहरु राजतन्त्रको पुर्नस्थापनार्थ हुने आन्दोलनको तयारीमा जुटेका देखिन्छन् । यसै बिच संवैधानिक राष्ट्रप्रमुखले पदिय मर्यादा र संवैधानिक दायरा समेत भुलेर प्रमुृख दलका प्रमुखहरुसँग गरेको मन्त्रणाले साच्चिकै व्यवस्था परिवर्तनको संकेत त गरिहेको छैन ? अहिले देखिएको सन्नाटा कतै आँधिपूर्वको पूर्व संकेत त होइन ? बेलैमा होश नपुगे ब्याज होइन साँवा नै भुस हुन सक्दछ ।