सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–१ दोरिङ भिरमा जिप दुर्घटना हुँदा दुई भुटानी नागरिकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार बा२च ४४५० नम्बरको जिप दुर्घटना हुँदा दुबै जनाको घट्नास्थलमै मृत्यु भएको हो भने अन्य पाँच जना घाइते भएका छन् ।
मृत्यु हुनेमा ३३ वर्षीय अब्गे र ७१ वर्षीया वाङ्मु रहेका छन् । घाइते हुनेमा चार भुटानी र एक नेपाली नागरिक रहेका छन् । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–२ का चालक ४२ वर्षीय रामचन्द्र भण्डारी तथा भुटानी नागरिक ७४ वर्षीय हाइज, ४२ वर्षीया फुपा छिरिङ, ६५ वर्षीया गुची र ५६ वर्षीय फुँङ रहेका छन् । घाइतेलाई उपचारका लागि हेलिकप्टरमा काठमाडौँ ल्याइएको प्रहरीले जनाएको छ ।



















