skip this वडा नं १६ बालाजु च:मती

राप्रपा पुन फुटको संघारमा ।

पूर्व पञ्चहरुको लिगेसी बोकेको राष्ट्रिय प्रजातन्त्र पार्टी पुनः विभाजनतिर जाने आशंका गर्न थालिएको छ । राजेन्द्र लिङ्देन अध्यक्ष भएपछि राप्रपाले नयाँ गति लिने आशा गर्नेहर प’न निराश ह’न थालेका छन । लिङ्देनको दुई वर्ष बढीको कार्यकालले खासै उत्साह दिन सकेन । अहिले राप्रपाका कार्यकर्ता निराश मात्रै भएका छैनन् कुनै पनि बेला ठूलै समूह त्यहाँबाट बाहिरिने खतरा बढेको छ ।
राप्रपालाई नयाँ ढंगले अघि बढाएर वैकल्पिक सम्वद्र्धनवादी शक्ति बनाउने लक्ष्य राखेका नेताहरु अहिले निरास बनेका छन। पछिल्लो समय लिङ्देनले वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रमाथि निरन्तर प्रहार गरिरहेका छन् । मिश्रमाथि पार्टी नबुझेको आरोप मात्रै लगाएका छैनन कि साझापार्टीको गाडी दूर्घटना गराएर आएकाले आफूलाई सिकाउन थालेको भन्दै खिसीटयुरी पनि गर्न थालेका छन् । लिङ्दनेका यस्ता असहिष्णु टिप्पणीले मिश्र समूह त विच्किएको छ नै उनीसंगै त्यहाँ रहेका नयाँ मान्छेहरु पनि विच्किएका छन् ।
राप्रपामा रविन्द्र मिश्रका साथमा महामन्त्री धवल शमशेर राणा र प्रवक्ता ज्ञानेन्द्र शाही लगायतका नेताहरु पनि छन् । यीनीहरु राप्रपा लाई वैकल्पिक सम्वद्र्धनवादी शक्तिको रुपमा लैजानुपर्छ भन्नेमा दृढ छ । उनीहरु कार्यगत एकता वा सहकार्य पनि विचार मिल्नेहरुसंग मात्रै गर्नुपर्छ भन्ने लाइनमा छन् । बर्तमान संविधानको विस्थापन पार्टीको लाइन हो,े यो संविधानको उपयोग मात्रै गर्ने हो उपभोग गर्ने होइन भन्ने लाइन उनीहरुको छ । मिश्र, राणा र शाहीको समूहलाई वरिष्ठ नेता डा प्रकाशचन्द्र लोहनी र राप्रपाका संस्थापक नेता लोकेन्द्रबहादुर चन्दको पनि साथ रहेको छ । तर सूर्यबहादुर थापा र कमल थापार्कोे स्कुलिङबाट आएका लिङ्देन जता जता खान पाइन्छ त्यतै लागिहाल्ने बानीले गर्दा मतभेद तीब्र बनेको हो । तै पनि लिङ्देन आफूबाट गल्ती भयो भन्ने महसुश नगरी अरुलाई आक्षेप लगाएर आफू पानीमाथिको ओभानो बन्न खोजिरहेका छन् । जसका कारण राप्रपाभित्र लिङ्देन इतरको शक्ति चिढिएको छ । लिङ्देनले आउने चुनावमा झापाबाट आफूले जित्ने सपना बाहेक अरुर्थोक नदेखेका कारण बारम्बार ओलीसंग मिलेर ओलीले भने झैं आफूलाई भर्खरको बाच्छो प्रमाणित गरेको टिप्पणी राप्रपाभित्रै भईरहेको छ । लिङ्देन यो ब्यवस्था परिवर्तन गर्न सकिन्छ भन्नेमा नरहेको बुझिएको छ । राजा, राजसंस्था, हिन्दू राष्ट्र, संघीयता खारेज जस्ता विषय उनका लागि फगत फरक देखिएर त्यो तप्काको भोट तान्ने खेल मात्रै हो भन्ने उनलाई बुझेकाहरु बताउँछन् । आन्दोलन गरेर सत्ता फाल्ने ह्याउ उनीसंग छैन भन्नेमा राप्रपा भित्रका र बाहिरकाहरु सवै सहमत छन्
राप्रपामा टुटफुटको फुटको ईतिहास
पञ्चायतको राजनीतिमा सक्रिय पुर्ब पञ्चहरुले २०४७ साल जेठ १५ गते राप्रपा गठन गर्ने निर्णय गरे तर, स्थापनाको एक वर्षमै राप्रपा फुट्यो । २०४८ सालको आम निर्वाचनमा सुर्य बहादु थापा नेतृत्वको राप्रपा (थापा )र लोकेन्द्र बहादुचन्द नेतृत्वको राप्रपा (चन्द )नामका दुई पार्टी चुनाबि प्रतिस्पर्धामा गए । त्यसमा थापा समूह १ सिट र चन्द पक्ष ३ सिटमा बिजयी भयो ।
प्रतिनिधिसभामा राप्रपा चन्दबाट पशुपतिसम्सेर राणा सिन्धुपाल्चोक, प्रकाशचन्द्र लोहनी नुवाकोट र रामकृष्ण आचार्य रसुवाबाट विजयी भए। दार्चुलाबाट अकबरबहादुर सिंह राप्रपा थापबाट बिजयी भए ।
२०४८ सालको संसदीय चुनावमा दुबै राप्रपाको नतिजा राम्रो नआएन पछि २०४९ सालमा दुबै पार्टी मिले । पार्टी एक भए पछि राप्रपाले २०५१ सालको मध्यावधि निर्वाचनमा प्रत्यक्षतर्फ २० सिटमा जित्यो । त्रिशंकु संसदमा सत्ताको साँचो राप्रपाको हातमागयो । मनमोहन अधिकारी नेतृत्वको एमाले अल्पमतको सरकार गिराएर कांग्रेस नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउँदै राप्रपा सत्तामा पुग्यो।
तर २०५४ साल फागुनमा फेरि राप्रपा फुट्यो, संसदीय दलमा ४० प्रतिशत पुर्याएर सुरुमा नयाँ राप्रपा नाम दिइएकोमा पछि राप्रपा चन्द नामाकरण गरियो। चन्द र थापा नेतृत्वका दुबै राप्रपा २०५६ को आम निर्वाचनमा सहभागी भए। सूर्यबहादुर थापा पक्षले ११ सिट जित्यो। चन्दको नेतृत्वमा रहेको पार्टीले कुनै पनि सिट जितेन। अघिल्लो निर्वाचनमा २० सिट जितेको राप्रपा फेरि ११ सिटमा खुम्च्यो।
२०५६ सालको निर्वाचनमा राप्रपा चन्दले जित्न सकेन तर राष्ट्रिय दलको हैसियत पायो । राप्रपाकोे महत्व हुन छोड्यो। सत्ताको साँचो गुमेपछि दुबैले एकताको आवश्यकता देखरे २०५७ सालमै दुबै पार्टी एक भए । २०६२ पुष २६ र २७ गते काठमाडौंमा विशेष भेला बोलाएर राप्रपाको अध्यक्ष कमल थापा भएको घोषणा गरियो। निर्वाचन आयोगले त्यसलाई मान्यता दिएन । त्यसपछि त्यो समूह राप्रपा नेपाल नामाकरण गर्दै निर्वाचन आयोगमा दर्ता भयो।
त्यसै बेला राप्रपाबाट संस्थापक अध्यक्ष सूर्यबहादुर थापा अलग भई राष्ट्रिय जनशक्त् िपार्टी गठन गरे। पहिलो संविधानसभा चुनावमा जनशक्त् िपार्टीले ३ सिट र पशुपति सम्सेर राणा अध्यक्ष रहेको राप्रपाबीच २०७० असारमा एकता भएको थियो । २०६४ सालको संविधानसभा निर्वाचनमा कमल थापा पक्षले समानुपातिकतर्फ जम्मा चार सिट जित्यो । प्रत्यक्षमा एउटा पनि जित्न सकेन।
सूर्यबहादुर थापा र पशुपतिशमशेर नेतृत्वका दलले एक सिट जितेनन्। २०७० को चुनावमा राष्ट्रिय जनशक्ति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राणा) एकै ठाउँ भएर चुनावमा होमिए। कमल थापाको पार्टी एक्लैले समानुपातिक निर्वाचनमार्फत् २५ सिट जितेको थियो। थापा र राणाको पार्टीले समानुपातिकतर्फ १२ सिट जिते।यसपछि फेरि २०७३ मा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टीले उनीहरूको एकीकरणको घोषणा गरे। राष्ट्रिय प्रजातन्त्र पार्टीको नाम कायम गरेर एकता गर्दा संविधानसभा–२ मा नयाँ पार्टीको सामर्थ्य ३७ सिट थियो। पार्टीको चुनाव चिन्हमा मतभेदका कारण दल पुनः विभाजित भयो। लोहनीले २०७३ चैतमा एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी)को गठन गरे। पशुपतिशमशेर राणाले राष्ट्रिय प्रजातन्त्र पार्टी (लोकतान्त्रिक) गठन गरे।
प्रतिनिधिसभा निर्वाचन २०७४ मा राणा र लोहनीको पार्टीले एक सिट ल्याएन। कमल थापाको राप्रपाले भने प्रत्यक्षतर्फ एक सिट जितेको थियो, जसमा राजेन्द्र लिङ्देन मात्र निर्वाचित भएका थिए। समानुपातिकमा भने तीन प्रतिशत मतको ‘थ्रेस होल्ड’ पार गर्न नसकेपछि एउटा सिट पनि पाएन र राप्रपा राष्ट्रिय पार्टी बन्न सकेन। त्यसपछि फेरि पूर्वपञ्चहरू एकतामा गए। राष्ट्रिय प्रजातन्त्र पार्टी २०७६ फागुनमा कमल थापा, पशुपतिशमशेर राणा र प्रकाशचन्द्र लोहानी अध्यक्ष हुँदै एकै दलमा समाहित भएको थियो ।यसरी पटक पटक बिभाजनको पिडा खेपेको राप्रपामा पुन पुरानै नियती दोहोरिने खतरा बढेको छ ।