आसन्न संसद् अधिवेशनलाई प्रभावकारी बनाउने उद्देश्यले प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)ले प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज(शुक्रबार) भएको भेटमा उनीहरुबीच शान्ति प्रक्रियाका बाँकी कामका साथै सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकलगायत अन्य विषयमा छलफल भएको प्रधानमन्त्री दाहालका प्रेस सल्लाहकार गोविन्द आचार्यले बताए । यही माघ २२ गतेदेखि सङ्घीय संसद्का दुबै सदनको बैठक हुँदैछ ।




















