काठमाडौंको दरबारमार्गस्थित क्यासिनो प्यालेसबाट नेपाली र भारतीय गरी नौ जना पक्राउ परेका छन् । क्यासिनो प्यालेसको अन्डर ग्राउन्डमा अनलाइन सट्टेबाटी गर्दै गरेका उनीहरूलाई प्रहरीले गएराति पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा छ जना नेपाली र तीन जना भारतीय नागरिक हुन् । पक्राउ परेकाहरूको साथबाट प्रहरीले करिब एक करोड रुपैयाँ नगदसमेत बरामद गरेको छ । प्रहरीका अनुसार अनलाइन सट्टेबाजी खेल्दै गरेको अवस्थामा पक्राउ परेका उनीहरुविरुद्ध थप अनुसन्धान भइरहेको छ ।



















