skip this वडा नं १६ बालाजु च:मती

क्रोएसिया पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ

वैदेशिक रोजगारीका लागि क्रोएसिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा एक व्यक्ति पक्राउ परेका छन् । काठमाडौंको बूढानीलकण्ठ नगरपालिकास्थित कपन बस्ने सिन्धुपाल्चोक पाँचपोखरी थाङ्पाल गाउँपालिका घर भएका ४० वर्षीय मिङमार लामालाई तीन लाख ठगी गरेको अभियोगमा बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

मिङमारले एक जनालाई क्रोएसिया पठाई प्रतिष्ठित कम्पनीमा मासिक एक लाख तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पटकपटक गरी पीडितबाट उक्त रकम ठगी गरेका थिए । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले बौद्धबाट पक्राउ गरेको हो । थप अनुसन्धान तथा कारबाहीको लागि उनलाई वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।