skip this वडा नं १६ बालाजु च:मती

विदेश पढ्न जाने विद्यार्थीको संख्यामा वृद्धि, ६ महिनामा करिब ५९ अर्ब बाहिरियो

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकले नेपालबाट विदेश पढ्न जाने विद्यार्थीको संख्यामा वृद्धि भएको देखाएको छ । केन्द्रिय बैंकले मंगलबार सार्वजनिक गरेको ‘देशको वर्तमान वित्तीय तथा आर्थिक स्थिति’मा पढ्नका लागि बाहिरिनेको संख्यामा वृद्धि भएको देखिएको हो ।

चालु आवको ६ महिनामा विदेशमा पढ्न जाने विद्यार्थीले ५८ अर्ब ९५ करोड लगेका छन् । अघिल्लो वर्षको सोही अवधिमा ३५ अर्ब ३६ करोड रुपैयाँ बाहिरिएको थियो ।