skip this वडा नं १६ बालाजु च:मती

भरतीय बिदेशमन्त्री जयशंकर सातौं हिन्द महासागर शिखर सम्मेलनमा भाग लिन अष्टेलिया जाँदै

भारतीय विदेशमन्त्री एस जयशंकर सातौं हिन्द महासागर सम्मेलनमा भाग लिन अष्ट्रेलियाको पर्थमा जाने भएका छन । सम्मेलन यहि फेब्रुअरी ९–१० मा हुनेछन् । अष्टेलियाको विदेश मन्त्रालयले इन्डिया फाउन्डेसनसँगको सहकार्यमा यो वार्षिक सम्मेलनको आयोजना गर्न लागेको हो ।,े यस वर्ष सम्मेलनको नारा स्थिर र दिगो हिन्द महासागर रहेको छ। सिङ्गापुरको एस राजरत्नम स्कुल अफ इन्टरनेशनल स्टडिज, अष्ट्रेलियाको पर्थ युएस एसिया सेन्टर र अष्ट्रेलिया सरकारको विदेश मामिला तथा व्यापार विभागले सम्मेलन आयोजना गर्दा अरु सबै साझेदारहरू रहेका छन्। बैठकमा छ बहुपक्षीय सङ्गठन, १६ देशका वरिष्ठ अधिकारी र २२ देशका मन्त्रीहरुको सहभागिता रहनेछ । सम्मेलनमा झण्डै ४० राष्ट्रका ४०० भन्दा बढी व्यवसायी तथा सामाजिक नेता, सार्वजनिक नीतिका अभ्यासी, शिक्षाविद्, पेशाकर्मी र मिडियाका सदस्यहरुको समेत उपस्थिति रहनेछ । पहिलो हिन्द महासागर सम्मेलन, जुन २०१६मा सिंगापुरमा भएको थियो, । सम्मेलन यस क्षेत्रका प्रमुख समुद्री राष्ट्रहरूलाई एकसाथ ल्याउन महत्त्वपूर्ण हुने ठानिएको छ ।