skip this वडा नं १६ बालाजु च:मती

डीडीसीका महाप्रबन्धक झालाई कार्यकक्षमै कालोमोसो

उद्योग विकास संस्थान (डीडीसी)का महाप्रबन्धक सञ्जीव झामाथि दुर्व्यवहार भएको छ । क्रान्तिकारी युवा संगठन नेपालले आज शुक्रबार झामाथि कालोमोसो दलेर दुर्व्यवहार गरेको हो ।

संगठनका केन्द्रीय सदस्य निरमान तामाङका अनुसार कार्यालयमै पुगेर झामाथि कालोमोसो दलिएको हो । कालोमोसो दल्ने क्रममा हात हालाहालको अवस्था समेत भएको बताइएको छ ।

संगठनले झाले डीडीसीमा अनियमितता र भ्रष्टाचारमा लिप्त रहेको आरोप लगाउँदै कालोमोसो दलिएको जनाएको छ । त्यस्तै, केही दिनअघि यातायात व्यवस्था विभागका महानिर्देशकलाई पनि कालोमोसो दलिएको थियो ।