त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा असफल सिद्ध भइसकेको व्यक्ति नियुक्त हुनसक्ने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बताएका छन् । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले प्रधानमन्त्री प्रचण्डले उपकुलपतिमा एकलौटी निर्णय गरेको टिप्पणी गरेका हुन् ।
ओलीले भने, ‘एउटा समिति बनाउने छानबिन गर्ने यताउती गर्ने असफल सिद्ध भइसकेका मानिसहरुको छनोट गर्ने । अहिले तीन जना सिफारिस भएको छ क्यारे, तीन जनामा पनि तेस्रो चाहिँ नियुक्त होला जस्तो लाग्छ छाँटकाँट हेर्दा । किनभने अलि बढ्तै असफल मान्छे चाहियो नि । त्यसो भएर तृतीय नम्बरको नियुक्त हुनुहोला कि जस्तो लाग्छ ।’
त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनोटका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)ले शिक्षामन्त्री अशोक राईको नेतृत्वमा सिफारिस समिति बनाएका थिए । सिफारिस समितिले चित्रबहादुर बुढाथोकी, केशरजंग बराल र टंकनाथ धमलाको नाम प्रधानमन्त्रीलाई सिफारिस गरेको छ ।






















