skip this वडा नं १६ बालाजु च:मती

हिउँका कारण हुम्लामा दुई दिनदेखि हवाई सेवा अवरुद्ध

हिमपातको कारण हुम्ला जिल्लाको हवाई सेवा दुई दिनदेखि अवरुद्ध छ । बुधबार विमानस्थलमा जमेको हिउँ पग्लिए पनि हल्का हिमपात भइरहेका कारण हवाई सेवा सुचारु हुन नसकेको हो ।

मङ्गलबार लगातार हिमपात भइरहेको र बुधबार आकाश खुल्ने, बन्द हुने र बेलाबेला हिमपात भइरहेकाले हवाई सेवा सुचारु हुन नसकेको सिमकोट विमानस्थलका एक कर्मचारीले बताए । नेपालगञ्जबाट सीता, समिट र तारा एयरको जहाजबाट उडान भर्ने तालिका थियो । हवाई सेवा अवरुद्ध भएपछि दुवैतिरका हवाई यात्रु मर्कामा परेका छन् ।