skip this वडा नं १६ बालाजु च:मती

नेशनल लाइफ इन्स्योरेन्सको ३७औँ वार्षिकोत्सव

नेशनल लाइफ इन्स्योरेन्स कम्पनी ३७औँ वर्षमा प्रवेश गरेको छ । २०४४ साल फागुन १० गते स्थापना भएको नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले आज ३७औँ वार्षिकोत्सव भव्य रुपमा मनाएको छ ।

नेशनल लाइफले वार्षिकोत्सवको अवसरमा बिमितलाई अधिकतम बोनस र लगानीकर्तालाई उच्चतम प्रतिफल दिने प्रतिबद्धता गरेको छ । ३७औँ वार्षिकोत्सवको अवसरमा रक्तदान लगायतका कार्यक्रमहरु देशैभरि आयोजना गरिने कम्पनीले जनाएको छ भने कम्पनीले आगामी दिनमा अझै सुधार गरेर बिमितलाई अधिकतम लाभ दिने प्रतिबद्धता जनाएको छ ।