skip this वडा नं १६ बालाजु च:मती

रूस–युक्रेन युद्धमा परेका नेपालीबारे जानकारीको माग

प्रतिनिधिसभाको आजको बैठकमा रूस–युक्रेन युद्धमा मारिएका नेपालीको अवस्थाबारे जानकारी गराउन माग गरिएको छ । सभाको विशेष समयमा नेकपा (एमाले)का सांसद सूर्यबहादुर थापाले परिवारका सदस्यहरु न श्वास, न आशको अवस्थामा रहेकाले ती नेपालीहरुको अवस्था खोजी गरी नेपाल फिर्ता गर्न सरकारसँग माग गरे ।

उनले भने, ‘नेपालीहरु रुस र युक्रेनका सेनामा भर्ना भएर आपसमा लडिरहेका छन् । यतिका समय बितिसक्दा पनि किन परराष्ट्र मन्त्रालय बोल्दैन ? औपचारिकरुपमा केही जानकारी पाउन सकेको छैन ?’