कृषि विकास बैंकले सूचना प्रकाशन गर्दै विभिन्न पदमा एक सय १२ जना कर्मचारी मागेको छ । बैंकले शाखा अधिकृतदेखि लेखापालसम्म गरी उक्त संख्यामा कर्मचारी पदपूर्ति गर्न दरखास्त आह्वान गरेको हो ।
बैंकले दुई जना शाखा प्रमुख, दुई जना वरिष्ठ लेखा अधिकृत, ३२ जना व्यवसाय अधिकृत, दुई जना कम्प्युटर अधिकृत, एक जना आइटी इन्जिनियर, छ जना कर्जा अधिकृतका लागि आवेदन खुलाएको हो । त्यस्तै, १६ जना व्यवसाय सहायक, एकजना कानुन सहायक, तीन जना कर्जा सहायक, एक जना ओभरसियर र ४६ जना लेखापाल मागेको छ ।
उक्त पदहरूका लागि योग्यता पुगेका नेपाली नागरिकहरूले आजदेखि चैत १ गतेसम्म अनलाइनमार्फत आवेदन फाराम भर्न सक्नेछन् ।























