विशेष अदालतमा नापी कार्यालय ललितपुरका सर्वेक्षक र मालपोत कार्यालय ललितपुरका नासुसहित पाँच जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरुविरुद्ध जग्गाको कित्ताकाट र नामसारी गरिदिने बाहनामा सेवाग्राहीसँग घुस लिएको दाबीसहित मुद्दा दायर गरेको हो ।
नापी सर्वेक्षक रामवीर यादव, मालपोत कार्यालय ललितपुरका नासु प्रदिप पौडेल, बिचौलिया विनोद अधिकारी, लेखापढी व्यवसायी आशिषराज बस्नेत र लेखापढीको काम गर्ने दिनेश बन्जाराविरूद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको हो । यसअघि उनीहरूलाई दुई लाख ५० हजार रुपैयाँ घुस लिएको अवस्थामा अख्तियारको टोलीले फागुन ९ गते पक्राउ गरेको थियो । उनीहरुले आपसी मिलोमतोमा दुई लाख ५० हजार रुपैयाँ बराबरको घुस लिएको अख्तियारको आरोप पत्रमा उल्लेख छ ।




















