skip this वडा नं १६ बालाजु च:मती

निर्वाचित उम्मेदवारको मृत्यु भएको क्षेत्र इलाम र बझाङमा बैशाख १५ गते उपनिर्वाचन

निर्वाचन आयोगले कोशी प्रदेशको इलाम–२ मा र सुदूरपश्चिम प्रदेश बझाङ जिल्ला प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र नं.१ मा वैशाख १५ गते उपचुनाव गराउने निर्णय गरेको छ । आयोगको आज आइतबार बसेको बैठकले इलाम–२ मा २०७९ मा भएको निर्वाचनमा निर्वाचित एमालेका सुवासचन्द्र नेम्वाङ र बझाङ–१ को प्रदेशसभामा निर्वाचित भएका नेपाली कांग्रेसका पृथ्वीबहादुर सिंहको मृत्यु भएपछि आगामी बैशाख १५ गते निर्वाचन गर्ने निर्णय गरेको हो ।

निर्वाचन आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘निर्वाचन आयोगको आज मिति २०८० फागुन १३ गते बसेको बैठकले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ तथा प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारको परामर्श समेतको आधारमा इलाम जिल्ला निर्वाचन क्षेत्र नं.२ का रिक्त प्रतिनिधिसभा सदस्य पद एक र सुदूरपश्चिम प्रदेश बझाङ जिल्ला प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र नं.१ मा रिक्त प्रदेशसभा सदस्यको उपनिर्वाचन आगामी २०८१ साल वैशाख १५ गते शनिवार गर्ने गरी निर्वाचनको मिति तोकेको छ ।’

नेम्वाङको भदौ २६ गते हृदयाघातका कारण निधन भएको थियो भने सिंहको असार २५ मा सवारी दुर्घटनामा निधन भएको थियो ।