skip this वडा नं १६ बालाजु च:मती

पूर्वप्रम खनाल र चिनियाँ राजदूत छनबीच भेट

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का नेता तथा विदेश विभाग प्रमुख झलनाथ खनाल र नेपालका लागि चिनियाँ राजदूत छन सोङबीच आज बिहान पूर्वप्रधानमन्त्री खनाल निवास डल्लुमा शिष्टाचार भेटघाट भएको छ ।

भेटका अवसरमा उनीहरूबीच समसामायिक राजनीतिक परिस्थिति, आपसी हित तथा नेपाल चीन सम्बन्धका विविध विषयमा कुराकानी भएको भेटमा सहभागी विदेश विभाग सचिव डा.शङ्कर खतिवडाले जानकारी दिए ।