skip this वडा नं १६ बालाजु च:मती

बिजुलीको पोल ढलेर वडासदस्यको मृत्यु

मकवानपुरको बकैया गाउँपालिका–७ को मानदमारमा एक बिजुलीको पोल ढलेर लाग्दा स्थानीय वडासदस्यको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार ४० वर्षीय वडासदस्य रामकुमार तितुङको मृत्यु भएको हो ।

मङ्गलबार दिउँसो १:३० बजे आफ्नै घर अगाडि हिँडिरहेको अवस्थामा एक्कासि बिजुलीको पोल ढल्दा लागेर उनी सख्त घाइते भएका थिए । उनलाई उपचारका लागि हेटौँडास्थित चुरेहिल अस्पतालमा लगिएको र त्यहाँ उपचार सम्भव नभएपछि मङ्गलबार अपराह्न भरतपुरस्थित मेडिकल कलेज लगिएको थियो । उपचारको क्रममा उनको आज बुधबार बिहान मृत्यु भएको हो । उक्त घटनाका बारेमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।