skip this वडा नं १६ बालाजु च:मती

हुम्लामा दादुरा–रुवेलाविरुद्धको खोप अभियान

हुम्लामा नौ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई यही फागुन २५ गतेदेखि दादुरा–रुवेलाविरुद्धको खोप अभियान सुरु गरिने भएको छ ।

पाँच वर्षमुनिका बालबालिकालाई अनिवार्यरुपमा दादुरा–रुवेलाविरुद्ध खोप लगाइने भएकाले सम्बन्धित स्वास्थ्य संस्थामा खोपकार्ड लिएर जान स्वास्थ्य सेवा कार्यालय हुम्लाले आग्रह गरेको छ ।

खोप समन्वय समिति, सञ्चारकर्मी र सरोकारवाला निकायसँग बसेको बैठकले यही फागुन २५ गतेदेखि चैत ७ गते अभियान सञ्चालन गरिने कार्यालयका प्रमुख प्रेम सिंहले जानकारी दिनुभयो । जिल्लामा सात स्थानीय तहले तोकिएकै मितिमा खोप अभियान सञ्चालन गर्न सम्बन्धित गाउँपालिकाका जनप्रतिनिधि, स्वास्थ्यकर्मीलगायतसँग समन्वय गरिएको उहाँले बताउनुभयो ।

दादुरा–रुवेला लागेको एक व्यक्तिले १८ जनासम्मलाई रोग सार्न सक्ने भएकाले यसबाट सुरक्षित रहन सम्पूर्ण बालबालिकालाई अनिवार्य रुपमा खोप लगाउनु अति आवश्यक प्रमुख सिंहको भनाइ छ ।